‘हेल्लो काँशीराम’को नयाँ गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक, प्रियंका कार्कीदेखि दिलीप रायमाझीसम्मको धमाकेदार प्रस्तुति — OSNepal

‘हेल्लो काँशीराम’को नयाँ गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक, प्रियंका कार्कीदेखि दिलीप रायमाझीसम्मको धमाकेदार प्रस्तुति

Kesh Karki (USA) April 24, 2025 0

काठमाडौं – आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र हेल्लो काँशीराम को नयाँ गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ। बुढासुव्वाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा लोकप्रिय गायक प्रताप दास र मेलिना राईको सशक्त स्वर समावेश छ।

नरेन्द्र वियोगीको संगीत संयोजन र चर्चित कोरियोग्राफर कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको यो गीत डान्सिङ जनरामा आधारित छ। काठमाडौंस्थित बालमन्दिरमा भव्य सेट निर्माण गरी भिडियो छायांकन गरिएको छ।

गीतको भिडियोमा प्रियंका कार्की, दिलीप रायमाझी, उमेश राई, सुमन खाँड, सरोज केसीलगायत चर्चित कलाकारहरूको ऊर्जाशील नृत्य देख्न सकिन्छ। चलचित्रको प्रचारप्रसारलाई अझ तीव्र बनाउने उद्देश्यले निर्माण टिमले गीत सार्वजनिक गरेको हो।

रेडलाइन फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको हेल्लो काँशीराम चलचित्रको लेखन तथा निर्देशन अनुभवी निर्देशक रिम विश्वकर्माले गरेका हुन् भने निर्माणमा पी.बी. थापाको लगानी रहेको छ। जानकारीअनुसार चलचित्रको कुल लागत करिब डेढ करोड रुपैयाँ पुगेको छ।

यम आलेको छायांकन, मित्र डी. गुरुङको सम्पादन र रंग संयोजन रहेको चलचित्रमा दिलीप रायमाझी, सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरीलगायत कलाकारको अभिनय रहेको छ।

निर्देशक रिम विश्वकर्माका अनुसार अभिनेत्री प्रियंका कार्की चलचित्रमा विशेष भूमिकामा प्रस्तुत हुने भएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर