काठमाडौं – गीतकार कृष्ण श्रेष्ठ अब अभिनयको दुनियाँमा पनि सक्रिय हुँदैछन्। आफ्नै शब्द रहेको नयाँ गीत ‘किङ कोब्रा नागिन डान्स’ मार्फत उनले गायन र अभिनय दुवै क्षेत्रमा पाइला अगाडि बढाएका छन्।
गीतमा चर्चित कोरियोग्राफर तथा निर्देशक आशिक राईले संगीत भरेका छन् भने गायनमा नविना सिलवाल (खुइली), आशिक राई, कृष्ण श्रेष्ठ र डिल्लीराम राईको आवाज सुन्न सकिन्छ। शब्दमा कृष्ण श्रेष्ठलाई माया मोक्तानले साथ दिएकी छन्।
गीतको भिडियो रोमाञ्चक शैलीमा निर्माण गरिएको छ, जसमा कृष्ण श्रेष्ठ स्वयं मुख्य भूमिकामा देखिएका छन्। उनलाई आशिक राई र खुइलीले अभिनय तथा नृत्यमा साथ दिएका छन्। अमन बाबुले छायांकन गरेको भिडियोको सम्पादन जोहन राईले गरेका हुन्।
‘किङ कोब्रा नागिन डान्स’ ले संगीतप्रेमी दर्शकलाई मनोरञ्जन प्रदान गर्दै कृष्ण श्रेष्ठको नयाँ पहिचान प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।