पोखरा – विश्व टेबल टेनिस दिवस २०२५ को अवसरमा पोखरामा आयोजित रिहाब टेबल टेनिस टुर्नामेन्ट गत सोमबार सम्पन्न भएको छ। प्रतियोगिता नौलो घुम्ती नेपाल, नयाँ जीवनका लागि टेबल टेनिस परियोजना, गण्डकी प्रदेश टेबल टेनिस संघ र कास्की जिल्ला टेबल टेनिस संघको सहकार्यमा आयोजित थियो।
अन्तर्राष्ट्रिय टेबल टेनिस फाउन्डेसनको आर्थिक सहयोगमा आयोजित उक्त प्रतियोगितामा पोखरास्थित १० वटा पुनःस्थापना केन्द्रका ४० जना महिला तथा पुरुष खेलाडीहरूले सहभागिता जनाएका थिए।
प्रतियोगिता मेन्स सिङ्गल, मेन्स डबल, र वुमेन्स सिङ्गल विधामा सम्पन्न भयो।
विजयीहरू यसप्रकार छन्:
समापन समारोहमा कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख सुन बहादुर लामा, गण्डकी प्रदेश टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशी, नौलो घुम्ती नेपालका अध्यक्ष सुरेन्द्र थापा मगर, कार्यकारी प्रमुख अनेश गुरुङ, तथा कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष गौतम राज लामासहितको उपस्थिति थियो।
कार्यक्रम सञ्चालन नौलो घुम्ती नेपाल अन्तर्गतको परामर्श, उपचार तथा पुनःस्थापना केन्द्रका कार्यक्रम संयोजक ओम कृष्ण गुरुङले गरेका थिए।
कार्यक्रमले खेलकुदको माध्यमबाट पुनःस्थापना केन्द्रमा रहेका व्यक्तिहरूको मानसिक स्वास्थ्य तथा आत्मविश्वास वृद्धि गर्ने उद्देश्य राखेको आयोजक संस्थाले जनाएको छ।