काठमाडौँमा ज्यान मार्ने उद्योग मुद्दाका फरार दुई प्रतिवादी पक्राउ — OSNepal

काठमाडौँमा ज्यान मार्ने उद्योग मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

Kesh Karki (USA) April 23, 2025 0

काठमाडौँ – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका दुई व्यक्तिलाई पक्राउ गरेको छ।

मिति २०८२ साल वैशाख ३ गते बेलुका करिब ५:२३ बजे काठमाडौँ महानगरपालिका–९, गोठ्ठातारस्थित पहेंलो पुल नजिकको मन्दिर अगाडि शर्मिला वाईवा भन्ने शर्मिला राईमाथि फलामको रड प्रहार गरी गम्भीर घाइते बनाइएको घटनामा काठमाडौँ प्रहरी वृत्त बानेश्वरमा ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दर्ता गरिएको थियो।

सो जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएसँगै फरार रहेका प्रतिवादीहरूलाई अनुसन्धानको क्रममा विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिहरूको विवरण यसप्रकार छ:

१. नाम: शर्मिला वाईवा भन्ने शर्मिला राई

  • उमेर: ३५ वर्ष
  • स्थायी ठेगाना: मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका, वडा नं. ०३
  • हालको ठेगाना: काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका, वडा नं. ०६
  • पक्राउ स्थान: ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका, वडा नं. ०४

२. नाम: बाबु भन्ने कुवेर सिलवाल

  • उमेर: ४२ वर्ष
  • ठेगाना तथा पक्राउ स्थान: भक्तपुर जिल्ला, चाँगुनारायण नगरपालिका, वडा नं. ०८

पक्राउ परेका दुवै प्रतिवादीलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वरमा पठाइएको प्रहरीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर