शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्तलाई बनाउने तयारी गरेका छन्। शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई शिक्षा मन्त्री बनाउने तयारी गरेका हुन्।
सम्भवतः पन्तले भोलि ९बिहीबार० सपथग्रहण गर्ने प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए। स्वास्थ्यको कारण देखाउँदै भट्टराईले गत सोमबार शिक्षा मन्त्रीबाट राजीनामा दिएकी थिइन्। गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउने भएको हो । प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको शपथ भोलि गराउने तयारी छ ।
पन्त एमालेका समानुपातिक सांसद हुन् । पन्त संसद र विभिन्न संसदिय समितिमा पनि एमालेका तर्फबाट खरो रुपमा उत्रिने नेताका रुपमा पर्छन् । यसैबिच शिक्षकहरुले २२ औँ दिनमा पनि शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिएका छन् । बुधबार पनि माइतीघरमा शिक्षकहरुले नारा जुलुससहितका आफ्ना कार्यक्रमहरुलार्य निरन्तरता दिएकै छन् ।