काठमाडौं – संविधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्यसहित बहुदलीय प्रजातन्त्रको पुनःस्थापनाका लागि क्रियाशील संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी प्रहरीको निगरानीबाट मुक्त भएका छन्।
चैत १५ गतेदेखि चौबीसै घण्टा प्रहरी निगरानीमा रहेका सुवेदीले आज (वैशाख ९) बाट निगरानी हटेको जानकारी गराउँदै समितिको नियमित काममा फर्किएको जनाएका छन्। समितिद्वारा जारी विज्ञप्तिमा संयोजक सुवेदीले आफूप्रति सद्भाव र सहानुभूति राख्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
संयुक्त जनआन्दोलन समिति विगतदेखि संविधानिक राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि विभिन्न चरणका आन्दोलनमा सक्रिय रहँदै आएको छ।