वैदेशिक रोजगारीका नाममा करोडौं ठगी गर्ने गिरोह काठमाडौं उपत्यकाबाट पक्राउ — OSNepal

वैदेशिक रोजगारीका नाममा करोडौं ठगी गर्ने गिरोह काठमाडौं उपत्यकाबाट पक्राउ

Kesh Karki (USA) April 22, 2025 0

काठमाडौं – वैदेशिक रोजगारीको नाममा बेरोजगार युवायुवतीलाई विभिन्न देशमा पठाइदिने बहानामा करोडौं रुपैयाँ ठगी गर्ने गिरोहका सदस्यहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको छ।

पीडितहरूबाट प्राप्त जाहेरी र अनुसन्धानको आधारमा विदेशमा आकर्षक तलबको रोजगारी दिलाइदिने भन्दै लामो समयसम्म झुक्याएर रकम असुली ठगी गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा बुझाइएको हो।

पक्राउ परेका व्यक्तिहरू र उनीहरूमाथि लागेको ठगी विवरण:

  1. आदर्श के.सी.
    • उमेर: ३८ वर्ष
    • स्थायी ठेगाना: रुकुम पश्चिम, बाँफकोट नपा–१३
    • हाल: काठमाडौं, टोखा नपा–४
    • ठगी रकम: ९२ लाख रुपैयाँ
  2. बिनिता पुरी
    • उमेर: २७ वर्ष
    • स्थायी ठेगाना: ललितपुर, गोदावरी नपा–३
    • ठगी रकम: ४ लाख रुपैयाँ
    • ठगी गन्तव्य देश: माटा
  3. ईकुमार रोकाया
    • उमेर: ३८ वर्ष
    • स्थायी ठेगाना: रुकुम पश्चिम, आठबिसकोट नपा–७
    • हाल: भक्तपुर, जगाती
    • ठगी रकम: ८ लाख रुपैयाँ
    • ठगी गन्तव्य देश: फ्रान्स
  4. तारा गिरी
    • उमेर: ३२ वर्ष
    • स्थायी ठेगाना: चौरीदेवराली गा.पा–६
    • हाल: ललितपुर, गोदावरी नपा–३
    • ठगी रकम: १२ लाख ८ हजार रुपैयाँ

यी सबै व्यक्तिहरूलाई २०७९ साल वैशाख ९ गते पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूबाट प्राप्त विवरण तथा पीडितहरूको उजुरीका आधारमा थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर