काठमाडौं । गायिका मञ्जु थापा र गायक सागर आलेको स्वरमा रहेको नयाँ कौडा गीत ‘सोल्टिनी तिम्रै माया’ सार्वजनिक भएको छ। गीतकार गोविन्द अनेको शब्द र राकेश शोनीको सङ्गीत तथा एरेञ्जमा तयार पारिएको यस गीतको भिडियो समेत मञ्जुको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतको निर्देशन पनि संगीतकार राकेश शोनी स्वयंले गरेका छन्। भिडियोमा राकेशसँगै मौसमी राना मगर र बिबेक खड्का फिचरिङमा देखिएका छन्। देवराज आचार्यको छायांकन रहेको भिडियोमा वीरेन्द्र भाट ‘विपिन’ले सम्पादन गरेका छन्।
प्रेमभाव समेटिएको यस कौडा गीतमा माया गर्ने सोल्टिनको याद, प्रेम, र भावनालाई आत्मीय ढंगले प्रस्तुत गरिएको छ। गीतको लय र शब्द जति आकर्षक छन्, भिडियो पनि उत्तिकै उत्कृष्ट बनेको छ।
गायिका मञ्जु थापाले यसअघि पनि थुप्रै लोकप्रिय गीतहरू बजारमा ल्याइसकेकी छिन्। उनले यो गीत पनि दर्शक–श्रोताले मन पराउनेमा आफू आशावादी रहेको बताएकी छन्।