काठमाडौं – एसियामा साइबर सुरक्षा र डाटा गोपनीयता प्रवर्द्धन गर्ने उद्देश्यले मलेसियामा आधारित प्रमुख डाटा संरक्षण परामर्श संस्था डाटा प्रोटेक्सन एक्सपर्ट्स एसिया (DPEX Asia) र नेपालको प्रमुख साइबर सुरक्षा कम्पनी वन कभर प्रा.लि. बीच रणनीतिक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। यो सहकार्यको मुख्य उद्देश्य नेपालका लागि व्यक्तिगत डाटा संरक्षण विधेयक तयार पार्न सहकार्य गर्नु हो, जुन देशको डिजिटल कानुनी पूर्वाधार बलियो बनाउने दिशामा महत्त्वपूर्ण कदम हुनेछ।
स्म्झदारीपत्रमा डीपीईएक्स एसिया का अध्यक्ष प्राध्यापक अबु बाकर मुनीर र वन कभर प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत चिरञ्जीबी अधिकारीले हस्ताक्षर गरेका हुन्। यो सहकार्यले नेपाल मात्र होइन, सम्पूर्ण एसियाली देशका लागि डाटा संरक्षण कानुन निर्माणमा सहयोगी नमूना प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
समझदारीपत्रका मुख्य उद्देश्यहरू
पाँच वर्षका लागि प्रभावकारी यो दीर्घकालीन साझेदारीले निम्न प्रमुख पहलहरूमा सहकार्य गर्ने आधार तयार पार्नेछ:
यो सहकार्यले मलेसिया, इन्डोनेसिया, ब्रुनाइ र खाडी क्षेत्रका देशहरूमा PDPR अनुभव बटुलेको डीपीईएक्स एसिया र नेपालको साइबर सुरक्षाको क्षेत्रमा अनुभवी वन कभरको स्थानीय ज्ञानलाई एकसाथ ल्याउनेछ।
किन यो सहकार्य नेपालका लागि महत्त्वपूर्ण छ?
नेपालमा द्रुत गतिमा भइरहेको डिजिटल रूपान्तरणसँगै डाटा चुहावट र व्यक्तिगत जानकारीको दुरुपयोगको खतरा पनि बढिरहेको छ। यस्तो अवस्थामा एक व्यापक डाटा संरक्षण कानुनको खाँचो अत्यन्तै महसुस भइरहेको छ। यस सहकार्यले अन्तर्राष्ट्रिय विशेषज्ञता नीति निर्माण प्रक्रियामा समेट्नेछ, जसले नेपालको विधेयकलाई GDPR जस्ता विश्वव्यापी फ्रेमवर्कसँग मिल्दोजुल्दो बनाउनेछ।
“डीपीईएक्ससँगको सहकार्यले हामीलाई डाटा संरक्षणमा विश्वव्यापी दृष्टिकोण दिन्छ, जुन नेपालले पहिलोपटक डाटा गोपनीयता सम्बन्धी कानुन ल्याउने तयारी गरिरहेका बेला अत्यावश्यक छ,” वन कभर प्रा.लि. का सीईओ चिरञ्जीबी अधिकारीले भने।
डीपीईएक्स एसिया बारेमा
डाटा प्रोटेक्सन एक्सपर्ट्स एसिया (DPEX Asia) मलेसियामा आधारित एक प्रमुख डाटा गोपनीयता तथा साइबर सुरक्षा परामर्श संस्था हो। सन् २००० मा स्थापना भई सन् २०२३ मा आधिकारिक रुपमा दर्ता भएको यस संस्थाले PDPR प्रशिक्षण, अनुपालन तथा परामर्श सेवा प्रदान गर्दै आएको छ। मलेसिया, युएई, साउदी अरेबिया, कतार, इन्डोनेसिया लगायत देशहरूमा उपस्थिति रहेको यस संस्थाले निम्न सेवाहरू प्रदान गर्दछ:
प्रा. डा. अबु बाकर मुनीरको नेतृत्वमा, डीपीईएक्स एसियाको उद्देश्य व्यवसाय र सरकारलाई गोपनीयता अधिकार जोगाउन, कानुनी पालना सुधार्न, र सुरक्षित डिजिटल वातावरण निर्माण गर्न सशक्त बनाउनु हो।
वन कभर प्रा.लि. बारेमा
वन कभर प्रा.लि. एक काठमाडौँस्थित साइबर सुरक्षा कम्पनी हो जसको स्थापना २०१८ मा भएको हो। यो कम्पनीले भरपर्दो सूचना सुरक्षा र जोखिम व्यवस्थापन सेवा प्रदान गर्दै आएको छ। प्रमुख सेवाहरूमा:
यसले नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, अर्थ मन्त्रालय, निर्वाचन आयोग लगायतका प्रमुख संस्थाहरूसँग सहकार्य गरिसकेको छ र ३० भन्दा बढी सरकारी तथा निजी संस्थाको विश्वास जितेको छ। कम्पनीले IBM USA र TechCERT जस्ता विश्वप्रसिद्ध संस्थाहरूसँग साझेदारी गरेको छ र OWASP नेपाल, npCert, CSRI जस्ता साइबर गठबन्धनहरूको सक्रिय सदस्य हो।
एसियाको डिजिटल सुरक्षामा सम्झदारीको महत्व
यद्यपि डीपीईएक्स एसिया र वन कभरबीचको सम्झदारीपत्र कानुनीरूपमा बाध्यकारी छैन, यसले साइबर खतरा विरुद्धको क्षेत्रीय प्रतिरोध क्षमता निर्माण र व्यक्तिगत डाटा संरक्षणमा गम्भीर प्रतिबद्धता दर्शाउँछ। यसले नेपाल र अन्य एसियाली राष्ट्रहरूलाई GDPR अनुरूपको साइबर सुरक्षा प्रणालीमा अघि बढ्न मार्ग प्रशस्त गर्न सक्छ।
डिजिटल सार्वभौमिकता प्राप्त गर्नतर्फ एसियाली मुलुकहरू अघि बढिरहेका बेला यो सहकार्य भविष्यमुखी डाटा संरक्षण नीति निर्माणका लागि एउटा नमूना बन्न सक्छ।