बर्तिका एम राईको प्रत्यक्ष सांगीतिक प्रस्तुति सान फ्रान्सिस्कोमा हुने — OSNepal

बर्तिका एम राईको प्रत्यक्ष सांगीतिक प्रस्तुति सान फ्रान्सिस्कोमा हुने

Kesh Karki (USA) April 22, 2025 0

सान फ्रान्सिस्को – चर्चित नेपाली गायिका तथा गीतकार बर्तिका एम राईको प्रत्यक्ष सांगीतिक प्रस्तुति यही असार १३ गते (जुन २८) सान फ्रान्सिस्को शहरमा हुने भएको छ। प्रोजेक्ट इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको यो भव्य कार्यक्रम ८५९ ओ’फारेल स्ट्रिट, सान फ्रान्सिस्को, सीए ९४१०९ मा आयोजना गरिनेछ।

कार्यक्रमको ढोका साँझ ७:३० बजे खोलिनेछ र कार्यक्रम सबै उमेर समूहका दर्शकका लागि खुला गरिएको छ।

उक्त कार्यक्रममा नेपालिज इन बे एरिया, नेपाली थिङ्स, ढाकाटोपी, रॉयल मोरेक, डिजे काले, अनुप गिरी फिल्म्स, अर्जुन केसी फोटोग्राफी, के गरिरा?, एपीएस लगायतका सह–संयोजक तथा सहयोगी संस्थाहरूको साथ रहेको छ। ओएसनेपाल र दूरबिन नेपाल मिडिया साझेदारको रूपमा रहनेछन्।

सान फ्रान्सिस्को तथा वरपर बसोबास गर्ने नेपाली समुदायका लागि यो कार्यक्रम एक विशेष सांगीतिक उपहार हुने अपेक्षा गरिएको छ।

टिकट खरिद गर्न यहाँ क्लिक गर्नुहोस्:

https://wl.seetickets.us/event/bartika-eam-rai-live-in-bay-area/646011?afflky=GreatAmericanMusicHall

प्रायोजन तथा थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:

  • हरि: ५१०-३०९-७४७४
  • बिबस: ४०८-२१०-१५५६

कोमल स्वर, गहिरा भावनासहितका गीत र बर्तिका एम राईको आत्मीय प्रस्तुति — यो अविस्मरणीय सांगीतिक साँझ मिस नगर्नुहोस्!

कार्यक्रममा सहभागी हुन चाहने दर्शकले तलको लिंकबाट टिकट बुक गर्न सक्नेछन्:

टिकट बुक गर्न यहाँ क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर