रसिया पठाइदिन्छु भन्दै चारजनालाई ठगी गर्ने युवक पक्राउ — OSNepal

रसिया पठाइदिन्छु भन्दै चारजनालाई ठगी गर्ने युवक पक्राउ

Kesh Karki (USA) April 21, 2025 0

काठमाडौं, वैशाख ८ – आकर्षक तलबको प्रलोभनमा वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै चार जना व्यक्तिलाई ठगी गर्ने युवक काठमाडौंबाट पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–१६ का २७ वर्षीय उमेश भोलोनलाई काठमाडौं महानगरपालिका–१२, टेकुबाट पक्राउ गरेको हो। उनले चार जना पीडितलाई रसिया पठाइदिने भन्दै जनही हजारौं रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।

प्रहरीको अनुसार, भोलोनले रसियामा रोजगारी दिलाइदिने नाममा चार जना व्यक्तिबाट कुल तीन लाख चालिस हजार रुपैयाँ (रु ३,४०,०००) ठगी गरेका थिए। लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान गरी उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका उमेश भोलोन हाल ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–४ मा बसोबास गर्दै आएका थिए। उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरीले विदेश जाने आशामा रहेका व्यक्तिहरूलाई सावधानी अपनाउन र ठगी गर्ने दलालहरूबाट जोगिन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर