तीनकुने आगजनी घटनामा संलग्न थप एकजना पक्राउ — OSNepal

तीनकुने आगजनी घटनामा संलग्न थप एकजना पक्राउ

Kesh Karki (USA) April 21, 2025 0

काठमाडौं, वैशाख ८ – राजधानीको तीनकुने क्षेत्रमा गत २०८१ चैत्र १५ गते भएको तोडफोड र आगजनी घटनामा संलग्न रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

“राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल”द्वारा तीनकुनेस्थित खुला चौरमा आयोजित प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी गरिएको थियो। घटनाको अनुसन्धानको क्रममा जिल्ला झापा, अर्जुनधारा नगरपालिका–५ निवासी ४८ वर्षीय ओमप्रकाश लुइटेललाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।

उक्त घटनामा संलग्न रहेको आरोपमा लुइटेलमाथि काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार घटनामा अन्य व्यक्तिहरूको संलग्नता पनि हुनसक्ने देखिएकाले थप अनुसन्धान जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर