काठमाडौं । नेपाली सांगीतिक बजारमा चम्किँदै गरेका गायक तथा संगीतकार मनिपाल राईको संगीत तथा चर्चित गायक प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको नयाँ गीत “पीडा” सार्वजनिक गरिएको छ ।
गीतकार पासाङ तामाङको उत्कृष्ट शब्द रचनामा आधारित यस गीतमा संगीतकार मनिपाल राईको मर्मस्पर्शी संगीत सुन्न सकिन्छ । चर्चित गायक प्रमोद खरेलको सशक्त आवाजले गीतलाई अझ भावुक र प्रभावशाली बनाएको छ ।
मुनाल सिशिर कोइरालाको निर्देशनमा तयार भएको भिडियोमा विक्रम बुढाथोकी, कुसुम शर्मा र तुलसी खड्काको अभिनय देख्न सकिन्छ । भिडियो काठमाडौँ र भक्तपुरका विभिन्न रमणीय स्थलहरूमा छायांकन गरिएको हो ।
समलिङ्गी कथामा आधारित यस म्युजिक भिडियोले नेपाली समाजमा समावेशिता र विविधतालाई कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ ।
भिडियोको सम्पादन विष्णु खड्काले गरेका छन् भने म्युजिक भिडियो NP Music Media को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।