एलिना चौहानको स्वरमा नयाँ गीत ‘तिम्रो ब्वाइफ्रेन्ड खोइ’ सार्वजनिक — OSNepal

एलिना चौहानको स्वरमा नयाँ गीत ‘तिम्रो ब्वाइफ्रेन्ड खोइ’ सार्वजनिक

Kesh Karki (USA) April 21, 2025 0

काठमाडौं । लोकप्रिय गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ नेपाली गीत ‘तिम्रो ब्वाइफ्रेन्ड खोइ…?’ सार्वजनिक भएको छ । ऋषिमणि आचार्यको प्रस्तुतिमा तयार भएको गीतमा उनका शब्द रहेका छन् भने संगीत र एरेञ्जमेन्ट आकाश मगरले गरेका हुन् ।

शंकरा स्टुडियोमा रेकर्ड गरिएको गीतमा कुमर सानु पुनले मिक्सिङ र मास्टरिङ गरेका छन् । गीतमा रत्न बि.के.को बाँसुरी, हेमन्त कान्छा रसाइलीको सारंगी, र सरोज बिष्टको गिटार समावेश गरिएको छ ।

गीतको भिडियो यग्यजन बी.के. (आयुष बीसी)को निर्देशनमा बनेको हो । भिडियोमा संजना गुरुङ, मिस पवी, ऋषिमणि आचार्य र विनायक पन्तको अभिनय रहेको छ । भिडियोको कोरियोग्राफी संजय विश्वकर्मा (खेमजन)ले गरेका छन् भने सह-कोरियोग्राफर श्याम बहादुर बीके रहेका छन् ।

दीपक गिरी र उनकी टोलीको छायांकन रहेको भिडियोको सम्पादन बन्दे प्रसादले गरेका छन् । साथै, उमेश थापा मगर सह-सम्पादक र प्रबिन ढकालले कलर ग्रेडिङ गरेका छन् । भिडियोको पोस्ट प्रोडक्शन मुभी पोइन्टले गरेको हो ।

विशेष धन्यवाद आयुष्मा आचार्य, लीलाधर आचार्य, विजय केसी, विजय खरेल, प्रसन मगर, हेमराज घर्ती, रमेश जैसी, र नेत्र बिष्टलाई दिइएको छ ।

भिडियो OSR Digital युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement