ग्रान्डमास्टर सरोज जोशीद्वारा नयाँ मार्सल आर्ट शैलीको जन्म — OSNepal

ग्रान्डमास्टर सरोज जोशीद्वारा नयाँ मार्सल आर्ट शैलीको जन्म

Kesh Karki (USA) April 21, 2025 0

सान डिएगो, अमेरिका – ग्रान्डमास्टर सरोज जोशीले प्राचीन पंखा हतियार प्रविधि ‘ताई शान’ लाई पुनर्जीवित गर्दै आफ्नै स्थापना गरेको आधुनिक मार्सल आर्ट ‘कुङचिडो’ सँग फ्युजन गर्दै नयाँ युगको सुरुवात गरेका छन्। अमेरिकाको क्यालिफोर्नियास्थित बोनिटा, सान डिएगो मा छायाङ्कन भइरहेको चलचित्र ‘ट्रान्सफर्मेसन अफ डा. एण्ड टिन–ब्र्याट्स’ मा घोडामा सवार काउबोयको हतियार लात प्रहारद्वारा छिनाउने दृश्यमार्फत यो शक्तिशाली फ्युजन प्रस्तुत गरिएको हो।

फ्रन्ट किक, साइड किक र उड्ने लातजस्ता शक्तिशाली चालहरूले दर्शकको मन जित्दै यो फ्युजनलाई ‘एपिक’ भनिन थालिएको छ।

चलचित्र टोलीमा:

  • निर्देशक तथा एक्सन कलाकार: डाक्वान
  • फाइटिङ निर्देशक तथा एक्सन कलाकार: ग्रान्डमास्टर सरोज जोशी
  • कुङचिडो एक्सन कलाकारहरू: सिफु डा. म्याट, सेन्सेइ स्टोन्स, सेन्सेइ सरोकार, सेन्सेइ एल्बर्ट (भेट्रान कलाकार)
  • काउबोय कलाकारहरू: मारियो र माइक
  • सह-कलाकारहरू: टिया र सोन
  • निर्माता: डा. कमला

छोटो चलचित्र चाँडै रिलिज हुने तयारीमा रहेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

👉 यहाँ क्लिक गर्नुहोस्

👉 YouTube मा हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर