शिक्षकहरुको आन्दोलन आज पनि जारी — OSNepal

शिक्षकहरुको आन्दोलन आज पनि जारी

LC (KTM) April 21, 2025 0

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।नेपाल शिक्षक महासंघको नेतृत्वमा २० औँ दिन सोमवार पनि काठमाडौंमा प्रदर्शन गर्ने भएका हुन् ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको प्रदर्शन बिहान ९ बजेबाट माइतीघर मण्डलामा सुरु हुने जानकारी दिएका छन् । उनले अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको भन्दै सदा झैँ अनुशासन र मर्यादा कायम राखेर संयमसहित आन्दोलनमा निरन्तर डटिरहन आग्रह गरेका छन् ।

शिक्षकहरु गत चैत २० गतेदेखि निरन्तर काठमाडौंमा विद्यालय शिक्षा ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाँचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर