कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.धामी — OSNepal

कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.धामी

LC (KTM) April 21, 2025 0

कर्णाली, ८ वैशाखः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा सह–प्राध्यापक डा डबलबहादुर धामी नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले यही वैशाख ४ गतेको निर्णयअनुसार रिक्त उपकुलपति पदको निमित्त जिम्मेवारीमा डा धामीलाई दिइएको प्रतिष्ठानले जनाएको । प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर)समेत रहनुभएका डा धामीलाई शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सूचारु गर्ने अधिकारसहति निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।

यसअघि प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलको पदावधि गत चैत २१ गते सकिएपछि उक्त पद रिक्त रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर