लायन मिलन बाबु मल्ल लायन्स डिष्ट्रिक्ट ३२५ जे नेपालको नयाँ गभर्नरमा निर्वाचित — OSNepal

लायन मिलन बाबु मल्ल लायन्स डिष्ट्रिक्ट ३२५ जे नेपालको नयाँ गभर्नरमा निर्वाचित

Kesh Karki (USA) April 20, 2025 0

काठमाडौं – सफल व्यवसायी तथा समाजसेवी लायन मिलन बाबु मल्ल लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आगामी कार्यकालका लागि डिष्ट्रिक्ट गभर्नरमा मत सहित निर्वाचित भएका छन्।

राष्ट्रिय सभागृह, काठमाडौंमा आयोजित तेस्रो कन्भेन्सनमार्फत मल्ल निर्वाचित भएका हुन्। सो कन्भेन्सनबाट इन्टरनेसनल डाइरेक्टर इन्डोर्सीमा पिडिजी लायन ध्रुब बहादुर थापा, फर्स्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन प्रजापति बाँस्तोला र सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन कुश प्रसाद मल्ली निर्वाचित भएका छन्।

कन्भेन्सनको प्रमुख आतिथ्य पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले गरेका थिए भने विशेष अतिथिका रुपमा महानायक राजेश हमाल, इन्टरनेसनल डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटी, पास्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतान, जिएटी एरिया लिडर लायन खगेन्द्र सिटौला, एलसिआईएफ एरिया लिडर लायन राजन लम्साल र मल्टिपल काउन्सिल चियरपर्सन लायन रमेश कुमार लामा उपस्थित थिए।

नवनिर्वाचित गभर्नर मल्लले आफ्नो कार्यकालका लागि लायन पुरुषोत्तम बस्नेतलाई डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी, लायन देवी गुरुङलाई क्याबिनेट ट्रेजरर तथा लायन कृष्ण प्रसाद शर्मालाई चिफ एडभाइजरमा मनोनित गरे। साथै उनले “एक अर्कालाई सम्मान गरौं” भन्ने आफ्नो कार्यकालको थिम सार्वजनिक गर्दै समाजसेवामा केन्द्रित विभिन्न मुख्य कार्यक्रमहरु घोषणा गरे।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले लायन्स क्लबको सामाजिक योगदानको प्रशंसा गर्दै शुभकामना व्यक्त गरे। महानायक हमालले उपस्थित लायन्स लिडरहरुलाई प्रेरणादायी मन्तव्य दिँदै, मानव जीवनको सार्थकता अर्को व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने क्षमतामा निर्भर रहने बताए।

हालका डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले नव निर्वाचित टिमलाई बधाई दिँदै सामाजिक अभियानलाई अझ मजबुत बनाउँदै लैजान आग्रह गरिन्। साथै, उनले डिष्ट्रिक्टमा उत्कृष्ट कार्य गर्ने लायन्स लिडरहरुलाई प्रशंसा पत्र र मेडलबाट सम्मान गरिन्।

कन्भेन्सनको अवसरमा सगरमाथा आरोहण गरेका लायन विष्णु प्रसाद भुसाल र लायन बोध बहादुर राउतक्षेत्रीलाई विशेष सम्मान प्रदान गरिएको थियो। करिब ७०० भन्दा बढी लायन्स लिडरहरुको सहभागिता रहेको यस कार्यक्रमको आयोजना लायन्स क्लब अफ काठमाडौं बनस्थलीले गरेको हो भने कन्भेनर एवं डिष्ट्रिक्ट पिआरओ इन चिफ लायन रामराजा थापाले संयोजन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर