कोरोनाबाट ५,००१ जनाले गुमाए अमुल्य जीबन तर प्रधानमन्त्रीले महा मारीलाई मजाक मात्र बनाए — OSNepal

कोरोनाबाट ५,००१ जनाले गुमाए अमुल्य जीबन तर प्रधानमन्त्रीले महा मारीलाई मजाक मात्र बनाए

LC (KTM) May 17, 2021 0

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना महा मारीको विषयमा आफ्नो विश्लेषण र प्रक्षेपण गलत भएको स्वीकार गरेका छन् । हचुवा प्रक्षेपणका कारण सरकारको तर्फबाट थुप्रै काममा समन्वयको अभाव भएको पनि उनले सुनाएका छन् । ‘नेपालमा यस रूपमा कोभिड बढ्छ भन्ने मलाई लागेकै थिएन । मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम राम्रो छ, त्यसैले अलिअलि सर्ला, तर यो तहमा चाहिँ वृद्धि हुन सक्दैन जस्तो मलाई लागेको थियो ।

त्यसकारण सरकारको तर्फबाट थुप्रै काममा समन्वयको अभाव देखियो,’ प्रधानमन्त्री ओलीले शनिबार साँझ सरोकारवालाहरूसँगको अन्तक्र्रियामा भनेका छन् ।कोभिड महामारीको दोस्रो लहर भयावह भएको एक महिनापछि मात्र उनले शनिबार सरोकारवालासँग छलफल गरे । यसअघि भने उनी धार्मिक जमघट र राजनीतिक भेटघाटमा व्यस्त थिए ।

कोभिड महामारीले संसार थला परेको वेला हाम्रा प्रधानमन्त्रीले ‘खाकखुक खोकेर थुकेपछि कोरोना–सोरोना भाग्ने’ दाबी गर्दै आएका थिए । नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी भएकाले कोरोनाले केही नगर्ने भन्दै उनले संसद्मै भाषण गरेका थिए । कोरोनाबारे पहिलोपटक संसद्मा ६ जेठ ०७७ मा गैरजिम्मेवार टिप्पणी गरेदेखि दर्जनौँपटक उस्तै गैरजिम्मेवार दाबी दोहो¥याउँदै आएका प्रधानमन्त्रीले एक वर्षपछि मात्र कोरोनालाई ग म्भीर मानेका छन् । तर, यो ३६२ दिनको बीचमा देशमा ठूलो मानवीय क्षति भएको छ, साथै कोरोना अझै अनियन्त्रित छ ।

प्रधानमन्त्रीले रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले नेपालीलाई केही पनि हुँदैन भनेर दाबी गर्दा गत ६ जेठमा देशभर कोरोनाबाट कुल संक्रमितको संख्या चार सय दुई पुगेको थियो । त्यसमध्ये तीन सय ६३ सक्रिय संक्रमित थिए भने दुईजनाको मृ त्यु भएको थियो । कोरोना केही होइन भन्ने मानसिकताले उचित रोकथाम तथा उपचार र अक्सिजनको समेत प्रबन्ध नहुँदा यस महामारीबाट अहिलेसम्म पाँच हजार एकजनाको ज्या न गएको छ । अहिलेसम्म चार लाख ५५ हजार २० संक्र मित भइसकेका छन् भने एक लाख १० हजार दुई सय ३६ जना अहिले पनि कोरोना सँग संघर्ष गरिरहेका छन् । नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर