नेपालकै सबैभन्दा ठूलो दुई पाङ्ग्रे एक्सचेन्ज इभेन्ट यामाहा ब्लू फेस्ट सम्पन्न — OSNepal

नेपालकै सबैभन्दा ठूलो दुई पाङ्ग्रे एक्सचेन्ज इभेन्ट यामाहा ब्लू फेस्ट सम्पन्न

Kesh Karki (USA) April 19, 2025 0

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्पन्न

काठमाडौं, नेपाल – वैशाख ५, २०८२ – एक हप्तादेखि काठमाडौंको भृकुटीमण्डपमा जारी नेपालको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी साधन एक्सचेन्ज इभेन्ट यामाहा ब्लू फेस्ट औपचारिक रूपमा समापन भएको छ। सुरुमा चैत्र २८ देखि वैशाख ३ सम्म सञ्चालन हुने भनिएको कार्यक्रम ग्राहक एवं मोटरबाइक, स्कुटर पारखीहरूको अत्यधिक सहभागिताका कारण एक दिन थप गरिएको थियो।

यामाहाका उत्कृष्ट एक्सचेन्ज र खरिद अफरहरूको फाइदा लिन हजारौं सहभागीहरूले कार्यक्रममा भाग लिएका थिए, जसमा निम्न अफरहरू समावेश थिए:

  • यामाहा बाइक र स्कुटरमा रु. ५०,००० को न्यूनतम भ्यालुएसन
  • अन्य ब्रान्डहरूमा रु. २५,००० को न्यूनतम भ्यालुएसन (कर छुटसहित)
  • एक्सचेन्जमा रु. १०,००० को थप भ्यालुएसन बोनस
  • ७.९९% ब्याजदर सहित लचिलो फाइनान्सिङ (ग्यारेन्टर आवश्यक नपर्ने)
  • स्पट एक्सचेन्ज, सजिलो फाइनान्सिङ र चयन गरिएका मोडेलहरूमा ०% ब्याजदरमा EMI
  • नगद छुटमा रु. १ लाखसम्म जित्ने अवसर

ग्राहकहरूलाई तीन सजिला चरणहरूमार्फत तत्काल रु. १,००,००० सम्मको नगद छुट जित्ने रोमाञ्चक अवसर प्रदान गरिएको थ्रिल अफ थ्री योजना भव्य हिट साबित भएको थियो, जसमा निम्न अफरहरू समावेश थिए:

  • सेयर गर्दा रु. १,००० जित्ने मौका
  • भिजिट गर्दा रु. ५०,००० सम्म नगद छुट
  • खरिद गर्दा रु. १,००,००० सम्म नगद छुट

प्रत्येक खरिदमा निःशुल्क एक्सेसरिजहरू

उत्सवमा थप रौनक थप्न यामाहाले कार्यक्रमको दौरान ग्राहकहरूको लागि भ्यालु र राइड एक्सपेरियन्स दुवै बढाउन प्रत्येक बाइक र स्कुटरको खरिदमा निःशुल्क एक्सेसरिजहरू पनि प्रदान गरेको थियो।

उत्साहले भरिपूर्ण ८ दिनको कार्यक्रम

अफरहरूका अलावा यामाहा ब्लू फेस्ट सम्पूर्ण परिवारको लागि मनोरञ्जन र संलग्नताको केन्द्र समेत बन्यो, जसमा निम्न कुराहरू समावेश थिए:

  • टेस्ट राइड एण्ड विन – आफ्नो मनपर्ने यामाहा मोडेलको टेस्ट राइडमार्फत रोमाञ्चक उपहारहरू
  • गेमिङ जोन – इन्टरएक्टिभ फन गेम्स र कम्पिटिसनहरू
  • फेस पेन्टिङ – भिजिटका क्रममा रङ र रचनात्मकता थप्ने मौका
  • डुअर प्राइजेज – भाग्यशाली विजेताहरूले जिते स्मार्ट हेल्मेटहरू
  • लाइभ कन्सर्टहरू – महेश काफ्ले र अस्मिता अधिकारीको धमाकेदार प्रस्तुति

महोत्सवको अन्तिम दिन काठमाडौं रेजर्स फुटबल टिमका खेलाडीहरूसँगको विशेष मिट एण्ड ग्रिट सेसनसँगै कार्यक्रम समापन भएको थियो। सहभागीहरूले NSL सिजन ३ मा यामाहाको गौरवशाली टाइटल प्रायोजनको सेलिब्रेसनसँगै खेलहरू खेल्न, विशेष मर्चेन्डाइज जित्न र खेलाडीहरूको सिग्नेचर भएका जर्सीहरू पनि प्राप्त गरेका थिए।

ब्लू फेस्ट भृकुटीमण्डपमा समाप्त भए पनि यामाहाको थ्रिल अफ थ्री योजना नेपालभरका सबै अधिकृत यामाहा डिलरशिपहरूमा उपलब्ध छ। ग्राहकहरूले अझै पनि आकर्षक लाभहरूको आनन्द लिन र यामाहाको परफर्मेन्स, स्टाइल र सन्तुष्टिको वाचामा आफूलाई समाहित गराउन सक्नेछन्।

देशको मोबिलिटी क्षेत्रमा नवीनता, डिजाइन र सर्भिसमा अग्रपंक्तिमा रहेको एमएडब्लु राइड्स अन्तर्गतको यामाहा नेपाल, नेपालको सबैभन्दा विश्वसनीय दुई पाङ्ग्रे ब्रान्डहरूमध्ये एक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर