नेपाली सेफ सोसाइटीद्वारा भृकुटीमण्डपमा केन्द्रीय अधिवेशन तथा फुड फेस्टिवलको आयोजना — OSNepal

नेपाली सेफ सोसाइटीद्वारा भृकुटीमण्डपमा केन्द्रीय अधिवेशन तथा फुड फेस्टिवलको आयोजना

Kesh Karki (USA) April 19, 2025 0

काठमाडौं, वैशाख ६ । नेपाली सेफ सोसाइटीले यही ६ वैशाख २०८२, शनिवारका दिन काठमाडौंको भृकुटीमण्डप (प्रदर्शनी मार्ग)मा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्यक्रम बिहान ११ बजेबाट सुरु हुनेछ।

कार्यक्रमको अवसरमा नेपाली सेफ सोसाइटीको पहिलो केन्द्रीय अधिवेशन, नेपाली सेफ सम्मान तथा सामाजिक सम्मान पुरस्कार वितरण, नेपाली खाना प्रदर्शनी तथा फुड फेस्टिवल, साथै भोज्य तथा गैरभोज्य परिकारसम्बन्धी सांस्कृतिक कार्यक्रमसमेत समावेश गरिएको छ।

सोसाइटीका अध्यक्ष ए.बी. कौशलका अनुसार, “नेपाली सेफहरूको व्यक्तिगत विकास तथा नेपाली खानाको स्तर उन्नतिको लागि हाम्रो अभियान” भन्ने नारासहित आयोजित कार्यक्रमले नेपाली खानाको पहिचान विस्तार गर्ने लक्ष्य लिएको छ।

कार्यक्रममा सरकारी, गैरसरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था, सेफहरू, होटल तथा रेस्टुरेन्ट व्यवसायी, तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

कार्यक्रममा विभिन्न पुरस्कार वितरणसँगै, सांस्कृतिक प्रस्तुती, खाना प्रदर्शनी, अन्तरक्रिया तथा सम्मानका गतिविधिहरू गरिने जानकारी सोसाइटीले दिएको छ।

स्थान: भृकुटीमण्डप, काठमाडौं

मिति: ६ वैशाख २०८२, शनिवार

समय: बिहान ११ बजे

नेपाली सेफ सोसाइटी परिवारले उपस्थितिका लागि सबैलाई हार्दिक निमन्त्रणा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर