काठमाडौं । गायक तथा संगीतकार हेमन्त कान्छा रसाईलीको स्वरमा सजिएको नयाँ गीत ‘जानै लाग्यो वैँश रिमई’ को भिडियो सार्वजनिक भएको छ । गायिका देवी घर्तीको साथमा प्रस्तुत यस गीतमा राजकुमार बगरको शब्द, हेमन्त कान्छा रसाईलीकै संगीत, तथा एचबिएन किस्मतको मिक्सिङ र मास्टरिङ रहेको छ ।
विदाईको समयमा हुने भावनात्मक क्षण, रुवाबासी, र प्रेमिल सम्झनाहरु समेटिएको यस गीतको भिडियोमा हेमन्त कान्छा रसाईली र मोडल लक्ष्मी थापा मगरको सशक्त अभिनय देख्न सकिन्छ ।
निर्देशक एकिन्द्र शाराशंकरले प्रेम, विछोड र सम्झनामा आधारित कथालाई कलात्मक ढंगले प्रस्तुत गरेका छन् । करन चैसियारको छायांकन, प्रविण भट्टको सम्पादन तथा कलर रहेको भिडियोलाई गायक हेमन्तको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतले प्रेमील जोडीको मायामा बितेका सुनौलो पल र छुट्टिनुपर्ने बाध्यतालाई गहिरो रूपमा चित्रण गरेको छ । दर्शक तथा श्रोताले गीतलाई मनपराउने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।