नेपाली चेली अस्मिता आले मगर इंग्लिस क्लब टोटेनहममा अनुबन्धित — OSNepal

नेपाली चेली अस्मिता आले मगर इंग्लिस क्लब टोटेनहममा अनुबन्धित

LC (KTM) August 07, 2021 0

नेपाली फुटबलप्रेमीहरु का लागि खुशीको खबर आएको छ । इंग्ल्याण्डमा बसोबास गर्दै आइरहेका पूर्व गोरखा सैनिक अमृत आले मगरकी छोरी अर्थात नेपाली चेली अस्मिता आले मगरले अन्र्तराष्ट्रिय फुटबलमा आफ्नो पहिचान बनाउन सफल भएकी छिन् ।

तनहु दमौलीका अमृत आले मगरकी छोरी अहिले बुवा आमा संगै उतै इंग्ल्याण्डमा रहदै आएकी छिन् । नेपाली मुलकी अस्मिता इंग्लिस क्लब टोटेनहममा अनुबन्धित भए संगै सम्पुर्ण नेपालीहरुमा खुशी छाएको छ ।

टोटेनहमले शुक्रबार अस्मितालाई अनुबन्धित गरिएको जानकारी दिएको छ । डिफेन्डरको रुपमा खेल्दै आएकी अस्मितालाई टोटेनहमले एस्टन भिल्लाबाट अनुबन्ध गरेको हो । १९ वर्षीया अस्मिताले टोटेनहमसँग दुई वर्षको सम्झौता गरेकी छिन् ।

अस्मिता गत सिजन एस्टन भिल्लाको प्लेयर अफ द सिजनु घोषित भएकी थिइन् । भिल्लाको उत्कृष्ट खेलाडी घोषित हुँदै अस्मिता प्लेयर अफ द सिजन चुनिएकी हुन् । अस्मिताले २०१८ मा एस्टनको सिनियर टिममा डेब्यु गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर