तेल अभिव, इजरायल — झापाली समाज इजरायलको आयोजनामा नयाँ वर्ष २०८२ को उपलक्ष्यमा एक भव्य सांगीतिक कार्यक्रम ‘नयाँ वर्ष सांगीतिक साँझ २०८२’ आयोजना हुने भएको छ। कार्यक्रम २०८२ वैशाख १२ गते, शुक्रबार (अप्रिल २५, २०२५) का दिन तेल अभिवस्थित HAGANA 135 मा आयोजना हुनेछ।
साँझ ८ बजे सुरु हुने कार्यक्रममा नेपालका चर्चित गायिका समिक्षा अधिकारी र गायक पुष्पन प्रधान ले विशेष प्रस्तुति दिनेछन्। कार्यक्रममा अन्य कलाकारहरूको पनि आकर्षक प्रस्तुति रहने जानकारी आयोजकले दिएका छन्।
टिकटको मूल्य NIS 180 रहेको छ भने लेभिन्स्की पार्क बाट कार्यक्रम स्थलसम्मको यातायात सुविधा समेत उपलब्ध गराइनेछ।
‘समय झापाको विकासका लागि हामी झापाली’ भन्ने मुल नाराका साथ झापाली समाज इजरायलले आयोजना गर्न लागेको यो कार्यक्रमले प्रवासी नेपालीहरूलाई कला, संस्कृति र आपसी सम्बन्धमा अझ मजबुत बनाउने विश्वास लिइएको छ।
– ओएसनेपाल डट कम