अमेरिकी भिसामा ठगी नगर्नुहोस्: नियम उल्लंघन गम्भीर अपराध — OSNepal

अमेरिकी भिसामा ठगी नगर्नुहोस्: नियम उल्लंघन गम्भीर अपराध

Kesh Karki (USA) April 18, 2025 0

काठमाडौं — अमेरिकी भिसा प्रक्रिया विश्वमै सबैभन्दा सुरक्षित मानिन्छ। तर, यस प्रक्रियाविरुद्ध छलकपट गर्ने केही व्यक्तिहरू अझै पनि फेला परिरहेका छन्। नक्कली कागजात प्रयोग गर्ने, निवेदनमा झुटा विवरण प्रस्तुत गर्ने वा भिसाको अवधि सकिएपछि पनि अमेरिका नै बसिरहनेजस्ता अविवेकपूर्ण कार्यहरू भिसा प्रणालीविरुद्धको ठगीका उदाहरण हुन्।

अमेरिकी दूतावासले यस किसिमको व्यवहारलाई गम्भीर अपराधको रूपमा लिने गरेको छ। भिसासम्बन्धी ठगी गरेमा दोषीलाई कडा कानुनी सजायँको सामना गर्नुपर्नेछ र यस्ता व्यक्तिलाई भविष्यमा फेरि अमेरिका प्रवेश गर्न अनुमति नदिइने सम्भावना उच्च हुने दूतावासको स्पष्ट चेतावनी छ।

‘अमेरिकी भिसा प्राप्त गर्ने प्रक्रिया निकै कडा सुरक्षा प्रणालीबाट निर्देशित छ,’ दूतावासले भनेको छ, ‘तर कतिपय व्यक्ति नियम उल्लंघन गरेर अमेरिकी कानुनको खिल्ली उडाइरहेका छन्, जुन सजायँयोग्य अपराध हो।’

सरकार, दूतावास र सम्बन्धित निकायहरूले सर्वसाधारणलाई सन्देश दिएका छन् कि सत्यतामा आधारित निवेदन मात्र दायर गरियोस्, र भिसाको सर्त तथा अवधि पूर्ण रूपमा पालना गरियोस्। भिसा प्रणालीमा ठगी गर्नेहरूलाई मात्र होइन, त्यस्तो कार्यलाई सहयोग गर्ने व्यक्तिहरूलाई पनि कानुनी कारवाहीको दायरामा ल्याइनेछ।

– ओएसनेपाल डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर