काठमाडौं – एनसेल नेपाल सुपर लिग (NSL) का शुभचिन्तक, फुटबलप्रेमी तथा विश्व चर्चित खेलाडी रोबर्टो कार्लोसका समर्थकहरूका लागि एउटा दुःखद समाचार आएको छ। पूर्व निर्धारित कार्यक्रमअनुसार २०८२ वैशाख ६ गते (अप्रिल १८) काठमाडौं आउनुपर्ने महानायक रोबर्टो कार्लोस हाल अस्वस्थ भएका कारण उनको नेपाल भ्रमण स्थगित भएको छ।
एनएसएल आयोजकले एक विज्ञप्ति जारी गर्दै अप्रत्याशित परिस्थितिका कारण कार्लोसको भ्रमण अहिलेका लागि सारिएको जानकारी दिएको हो। आयोजकले भनेको छ, “उनको स्वास्थ्यप्रति हाम्रो उच्च प्राथमिकता रहेकोले यो निर्णय गरिएको हो।”
यद्यपि आयोजकले कार्लोसको नेपाल भ्रमण र एनएसएलमा उनको सहभागिता सुनिश्चित रहेको स्पष्ट पारेका छन्। “फाइनल खेलअघि कुनै एक चरणमा उनी नेपाल आउनेछन् र हामी चाँडै नयाँ मिति सार्वजनिक गर्नेछौं,” विज्ञप्तिमा उल्लेख छ।
पहिले नै टिकट खरिद गरिसकेका दर्शकहरूका लागि आयोजकले दुई विकल्प प्रदान गरेको छ:
एनएसएलले दर्शकहरूको धैर्यता, समझदारी र लगातारको समर्थनप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ रोमाञ्चक अनुभवको आश्वासन दिएको छ।