ठगीको अभियोगमा फरार अभियुक्त परिछिद तिवारी पक्राउ — OSNepal

ठगीको अभियोगमा फरार अभियुक्त परिछिद तिवारी पक्राउ

Kesh Karki (USA) April 17, 2025 0

काठमाडौँ – ठगीको मुद्दामा फरार रहेका परिछिद तिवारी पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–८, गौशालाबाट पक्राउ गरेको हो।

जिल्ला अदालत काठमाडौंबाट ठगी सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएका तिवारीलाई मिति २०८२ साल वैशाख ३ गते पक्राउ गरिएको र थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं पठाइएको जानकारी प्राप्त भएको छ।

पक्राउ पर्ने व्यक्ति:

  • नाम: परिछिद तिवारी
  • उमेर: ४४ वर्ष
  • स्थायी ठेगाना: काठमाडौं महानगरपालिका–४
  • ठगी रकम: रू. १२,००,००० (बाह्र लाख)
  • पीडितको संख्या: २ जना
  • पक्राउ मिति: २०८२/०१/०३
  • पक्राउ स्थान: काठमाडौं महानगरपालिका–८, गौशाला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर