शिक्षक आन्दोलनप्रति कास्की काँग्रेसको पूर्ण समर्थन — OSNepal

शिक्षक आन्दोलनप्रति कास्की काँग्रेसको पूर्ण समर्थन

Kesh Karki (USA) April 17, 2025 0

पोखरा – नेपाली काँग्रेस कास्कीले जारी शिक्षक आन्दोलनप्रति पूर्ण ऐक्यवद्वता जनाउँदै सरकारलाई शीघ्र समाधान खोज्न आग्रह गरेको छ। बुधबार सार्वजनिक गरिएको विज्ञप्तिमा काँग्रेस कास्की सभापति किशोरदत्त बरालले नेपाल शिक्षक महासंघको नेतृत्वमा १४ दिनदेखि जारी आन्दोलनका मागहरूलाई न्यायपूर्ण र सुसंगत भनेका छन्।

विज्ञप्तिमा शिक्षाको गुणस्तर अभिवृद्धि, पेशागत सम्मान र स्थायित्व व्यवस्थापनसँग सम्बन्धित शिक्षक समुदायका मागहरू अत्यन्त आवश्यक रहेको उल्लेख गरिएको छ।

कास्की काँग्रेसले राज्यको बेवास्ता र प्रधानमन्त्रीको सार्वजनिक अभिव्यक्तिमा देखिएको शिक्षकप्रतिको अपमानपूर्ण भाषाशैलीप्रति गम्भीर आपत्ति जनाउँदै राष्ट्रको गरिमा र सभ्य समाजको परिकल्पनासँग मेल नखाने बताएको छ।

“शिक्षकमाथिको अनादर सम्पूर्ण राष्ट्रको अपमान हो,” विज्ञप्तिमा उल्लेख गरिएको छ, “यदि शिक्षक समुदायसँग कुनै कमजोरी छ भने त्यसलाई संवाद र कानूनी प्रक्रियाबाट समाधान गर्न सकिन्छ, तर आन्दोलनप्रति देखिएको हेपाहा दृष्टिकोणले समस्या झन् जटिल बनाउँछ।”

काँग्रेस कास्कीले शिक्षकका मागहरू तत्काल सम्बोधन गर्न, सहमतिको आधारमा समाधान खोज्न र शिक्षा क्षेत्रप्रति सम्मान जनाउने व्यवहार प्रदर्शन गर्न सरकारलाई आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर