‘लाज शरणम्’को सफल यात्रा : ५१औं दिनमा प्रवेश, ५ करोड ग्रस कलेक्सन — OSNepal

‘लाज शरणम्’को सफल यात्रा : ५१औं दिनमा प्रवेश, ५ करोड ग्रस कलेक्सन

Kesh Karki (USA) April 17, 2025 0

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ ले प्रदर्शनको ५१औँ दिन सफलतापूर्वक मनाएको छ। शिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले आजबाट आफ्नो प्रदर्शन यात्रा ५१औँ दिनमा प्रवेश गरेको हो।

उच्च शो सहित प्रदर्शन प्रारम्भ गरेको ‘लाज शरणम्’ अहिले पनि विभिन्न सिनेमा हलहरूमा उच्च अकुपेन्सी (दर्शक उपस्थिति) कायम राख्दै प्रदर्शन भइरहेको निर्माता नवीन श्रेष्ठले जानकारी दिएका छन्।

१३ वटा सिनेमा हलहरूमा ५१ दिनको विशेष प्रदर्शनी सम्पन्न गरेको चलचित्रले काठमाडौँ उपत्यकाका:

  • क्युएफएक्स सिनेमा
  • आइएनआई सिनेमाज
  • एफक्युब सिनेमाज
  • कीर्तिपुर सिनेप्लेक्स
  • बिएसआर मुभिज
  • रञ्जना सिनेप्लेक्स
  • विग मुभिज
  • सिडिसी सिनेमा

र मोफसलतर्फ:

  • झापा (बिर्तामोड) को क्युएफएक्स
  • दमकको डिम्याक्स सिनेमाज
  • बुटवलको आइएनआई सिनेमाज

मा ५१औँ दिनको सफल यात्रा तय गरेको हो।

ग्रस कलेक्सनतर्फ हेर्दा, चलचित्रले पहिलो दिनमै एक करोड १० लाख रुपैयाँको कमाइ गरेको थियो भने हालसम्म ५ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ।

कथावस्तु र कलाकारहरु

कर्णाली क्षेत्रको कथाव्यथा चित्रण गर्ने यस चलचित्रमा:

  • सिताराम कट्टेल
  • महेश त्रिपाठी
  • विजय बराल
  • अर्जुन घिमिरे (पाँडे)
  • सागर लम्साल (बले)
  • हरिश निरौला (कक्रोज)
  • रेणु योगी
  • अर्पण थापा

लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।

त्यसैगरी, कमलमणी नेपाल (खुपीका बाउ), मुकुन्द श्रेष्ठ, माला लिम्बु, प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत लगायतका कलाकारको पनि उल्लेख्य उपस्थिति छ।

निर्देशन कुमार कट्टेलले गरेका हुन् भने सहनिर्मातामा राम नरेश शाह र सिर्जना खड्का रहेका छन्। चलचित्रको छायांकन सुदीप बरालले गरेका हुन्।

‘लाज शरणम्’ चर्चित हास्य सिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरेको पहिलो फिचर फिल्म हो, जसले दर्शकमाझ सामाजिक सन्देश र मनोरञ्जनको राम्रो समायोजन प्रस्तुत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर