वैदेशिक रोजगारका नाममा ठगी गर्ने दुई व्यक्ति काठमाडौंमा पक्राउ — OSNepal

वैदेशिक रोजगारका नाममा ठगी गर्ने दुई व्यक्ति काठमाडौंमा पक्राउ

Kesh Karki (USA) April 17, 2025 0

काठमाडौं — बेरोजगार युवायुवतीलाई विदेशमा आकर्षक रोजगारी दिलाइदिन्छु भन्ने प्रलोभनमा पारेर ठगी गर्ने दुई व्यक्तिलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ। काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले अनुसन्धानको क्रममा उनीहरूलाई नियन्त्रणमा लिई वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाएको हो।

प्रहरीका अनुसार आरोपीहरूले पीडितहरूलाई चर्को तलबको आश्वासन दिएर लामो समयसम्म झुक्याउँदै विदेश नपठाई सम्पर्कविहीन भएका थिए। पीडितले दिएको जाहेरीको आधारमा अनुसन्धान गर्दा ठगीमा संलग्न व्यक्ति फेला परेका हुन्।

पक्राउ परेका व्यक्ति:

१. जंग बहादुर तामाङ (३१ वर्ष)

  • स्थायी ठेगाना: षडानन्द न.पा. वडा नं. १३, भोजपुर
  • हालको बसोबास: टोखा न.पा., काठमाण्डौं
  • ठगी गरेको रकम: रु १,९०,०००/-
  • गन्तव्य देश: लिथुआनिया
  • पक्राउ मिति: २०८२/०१/०२
  • पक्राउ स्थान: काठमाण्डौं महानगरपालिका–१०
  • पीडित संख्या: १ जना

२. बिकाश रायमाझी (२३ वर्ष)

  • स्थायी ठेगाना: सन्धिखर्क न.पा. वडा नं. १२, अर्घाखाँची
  • हालको बसोबास: काठमाडौं महानगरपालिका–३०
  • ठगी गरेको रकम: रु ३,७५,०००/-
  • गन्तव्य देश: चेक रिपब्लिक
  • पक्राउ मिति: २०८२/०१/०२
  • पक्राउ स्थान: नागार्जुन न.पा. वडा नं. ४, काठमाडौं
  • पीडित संख्या: १ जना

यस घटनामा संलग्न अन्य व्यक्तिहरूको बारेमा थप अनुसन्धान भइरहेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर