मिति २०८२।०१।०२ गते, काठमाडौंका विभिन्न स्थानहरूमा सुन तथा चाँदीको अवैध कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले विभिन्न सुन रिफाइनिङ एण्ड टंच सेन्टरहरूमा खानतलासी गर्दा निम्न परिमाणमा बिल/बिजक विनाको सुन र चाँदी जस्तो देखिने धातु र नगदसहित निम्न मानिसहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग, हरिहर भवन, ललितपुर पठाइएको छ।
पक्राउ परेका सबै व्यक्तिहरूलाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउनका लागि आन्तरिक राजस्व विभाग, हरिहर भवन, ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले अवैध सुन–चाँदी कारोबारमाथि निगरानी अझ कडा बनाउँदै जाने जनाएको छ।
पक्राउ परेका व्यक्ति:
१) नबनाथ बाकु कसीद, ३० वर्ष, भारत महाराष्ट्र, हाल काठमाडौं, गोकर्णेश्वर न.पा. ५ जोरपाटी
२) सन्दिप पोपट हजारे, २० वर्ष, भारत महाराष्ट्र, हाल काठमाडौं, गोकर्णेश्वर न.पा. ५ जोरपाटी
३) अन्सार दिलावर सिकल्गार, २२ वर्ष, भारत महाराष्ट्र, हाल चावहिल
४) सुरज राजेश मदने, १८ वर्ष, भारत महाराष्ट्र, हाल चावहिल
५) अरमान हनिफ इनामदाय, २१ वर्ष, भारत महाराष्ट्र, हाल बुढानीलकण्ठ न.पा. १२
६) मनोज सुभाष सकट, २२ वर्ष, भारत महाराष्ट्र, हाल बुढानीलकण्ठ न.पा. १२
७) अमोल कुमार गोस्ले, ३८ वर्ष, भारत महाराष्ट्र, हाल काठमाण्डौ महानगरपालिका–७
८) सुनिल मिटकरी, २० वर्ष, भारत महाराष्ट्र, हाल चावहिल
९) सुरज नन्दीवाली, २० वर्ष, भारत महाराष्ट्र, हाल चावहिल