टोकियो ओलम्पिकको पूरुष फुटबलमा ब्राजिललाई स्वर्ण पदक, स्पेन रजतमा चित्त बुझाउन बाध्य — OSNepal

टोकियो ओलम्पिकको पूरुष फुटबलमा ब्राजिललाई स्वर्ण पदक, स्पेन रजतमा चित्त बुझाउन बाध्य

LC (KTM) August 07, 2021 0

ब्राजिल फुटबलका लागि एकदमै प्रख्यात देश मानिन्छ । यो देश लाई संसार माझ फुटबलनै चिनाएको छ । यसैक्रममा ब्राजिललाई अर्काे ठुलो सफलता मिलेको छ । जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गतको पुरुष फुटबलमा ब्राजिलले स्वर्ण पदक जित्न सफल भएको छ ।

ब्राजिलको यू २३ टिमले आज भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा एकका बिरुद्ध दुई गोलले पराजित गर्दै स्वर्ण पदक जितेको हो । ब्राजिललाई जित दिलाउन माथुएस कुन्हा र माल्कोमले एक एक गोलको योगदान दिएका थिए ।

स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए पनि आफ्नो टोलीलाई स्वर्णको स्वाद चखाउन सकेनन् । निर्धारित ९० मिनेटको खेल एक एक गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा ब्राजिलका माल्कोम नायक बने ।

उनले खेलको १०८ औं मिनेटमा गोल गर्दै ब्राजिललाई दुई एकको सुखद नतिजा दिए ।ब्राजिलले लगातार दोस्रो पटक ओलम्पिक फुटबलमा स्वर्ण जितेको हो । यस अघि ब्राजिलले घरेलु भूमिमा २०१६ मा भएको रियो ओलम्पिकमा समेत स्वर्ण जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर