वैदेशिक रोजगारीको नाममा ठगी गर्ने दुई जना पक्राउ — OSNepal

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने दुई जना पक्राउ

Kesh Karki (USA) April 14, 2025 0

काठमाडौं – वैदेशिक रोजगारीका लागि आकर्षक प्रस्ताव राखी ठगी गर्ने दुई व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको छ। बेरोजगार युवाहरूलाई अमेरिका लगायतका देशमा रोजगार दिलाइदिन्छु भन्दै आर्थिक ठगी गर्ने गिरोहविरुद्ध गरिएको अनुसन्धानपछि दुई जना पक्राउ परेका हुन्।

पक्राउ परेका व्यक्तिहरूको विवरण यसप्रकार छः

१. डान्स बहादुर उचै

– उमेर: ४२ वर्ष

– स्थायी ठेगाना: जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व), मध्यविन्दु नगरपालिका वडा नं. ११

– हालको बसोबास: जिल्ला काठमाडौं, टोखा नगरपालिका, भण्डारी टोल

– ठगी रकम: रु. १०,००,००० (दश लाख)

– गन्तव्य देश: अमेरिका

– पक्राउ मिति: २०८१/१२/३१

– पक्राउ स्थान: काठमाडौं महानगरपालिका वडा नं. २६

– पीडित संख्या: १ जना

– बुझाइएको कार्यालय: वैदेशिक रोजगार विभाग, ताहाचल

२. सुमन राना

– उमेर: २३ वर्ष

– स्थायी ठेगाना: जिल्ला सर्लाही, लालबन्दी नगरपालिका वडा नं. ५

– हालको बसोबास: जिल्ला भक्तपुर, लोकन्थली

– पक्राउ मिति: २०८१/१२/३१

– पक्राउ स्थान: काठमाडौं महानगरपालिका वडा नं. १२

– पीडित संख्या: १ जना

– बुझाइएको कार्यालय: वैदेशिक रोजगार विभाग, ताहाचल

प्रहरीका अनुसार दुवै जनाले रोजगारको झूठो प्रलोभन देखाई युवाहरूलाई आर्थिक रूपमा ठगेका थिए। पीडितहरूबाट लिखित उजुरी परेपछि उनीहरूलाई फरक–फरक स्थानबाट पक्राउ गरिएको हो।

प्रहरीले यस्ता ठगी क्रियाकलापबाट सजग रहन र कुनै पनि प्रस्तावमा विश्वास गर्नु अघि सत्यता पुष्टि गर्न आम जनसमुदायलाई अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर