विदेश रोजगार ठगी प्रकरणमा केदार तामाङ पक्राउ — OSNepal

विदेश रोजगार ठगी प्रकरणमा केदार तामाङ पक्राउ

Kesh Karki (USA) April 14, 2025 0

काठमाडौं — विदेशी रोजगारको नाममा युवा युवतीहरूलाई विभिन्न देशहरूमा पठाउने भन्दै लामो समयदेखि ठगी गर्दै आएका केदार तामाङलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले आइतबार एक प्रेस विज्ञप्तिमार्फत तामाङको पक्राउ पुष्टि गरेको हो।

विज्ञप्तिमा उल्लेख भएअनुसार केदार तामाङले आकर्षक तलबको प्रलोभनमा परेका व्यक्तिहरूलाई विदेश पठाउने भन्दै रकम असुली सम्पर्कविहीन हुने गरेका थिए। पीडितहरूको जाहेरीपछि गरिएको अनुसन्धानमा तामाङ दोषी देखिएपछि उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा बुझाइएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर