लेखिका सभै लोको पुस्तक तितो मिठो मेरो कथा सार्वजनिक — OSNepal

लेखिका सभै लोको पुस्तक तितो मिठो मेरो कथा सार्वजनिक

LC (KTM) April 13, 2025 0

काठमाडौँ । आफ्ना जीवनका भोगाईलाई कथा, गजल,सायरीमा उतारेर लेखिका सभै लोले पुस्तक तितो मिठो मेरो कथा ल्याएकी छिन् । शनिबार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै पेस्तकको बिमोचन गरिएको हो ।

लेखिका सभैले पुस्तकमा लेखेका कथा, गजल,सायरीमा आँफुले भोगेका र समाजमा देखेका कुराहरुलाई जस्ताको त्यस्तै उतारेको बताइन् । हरेक व्यक्तिको जीवनको व्यथा हुने तर सबैले कथामा नउतार्ने भएकाले लेखिका लोले आँफुले आफ्ना भावनाहरुलाई पुस्तक मार्फत बाहिर ल्याएको बताइन् । तितो मिठो मेरो कथा पुस्तक बिमोचन भएसँगै उनले बजारमा बिक्रीका लागि भने नपाठाउने बताइन् ।

उनले भनिन् मेरो तितो मिठो मेरो कथा म बजारमा पठाउँदिन, मैले आफ्ना नजिकका साथीभाई र आफन्तहरुका लागि उपलब्ध गराउने छु । तितो मिठो मेरो कथा करिब २ सय प्रति छापिएको लेखिका लोले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर