रिचमण्ड, क्यालिफोर्निया – अप्रिल १३, २०२५ – नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (NANC) ले भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको छ। “नेपाली नयाँ वर्ष २०८२ ग्राण्ड मेला” शीर्षकमा आयोजना हुने यो कार्यक्रम आइतबार, अप्रिल १३, २०२५ मा रिचमण्डस्थित नेपाली कम्युनिटी सेन्टर (३६९ चेस्ली एभिन्यु, रिचमण्ड, क्यालिफोर्निया) मा हुने बताइएको छ।
दिउँसो १२ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने यो मेलामा साङ्गीतिक प्रस्तुति (लाइभ म्युजिक), नेपाली मौलिक परिकार, र विविध सांस्कृतिक गतिविधिहरू समावेश गरिनेछ।
“हाम्रो पहिचान, हाम्रो गौरव, हाम्रो भविष्य” भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा उत्तरी क्यालिफोर्नियाका नेपाली समुदायलाई एकताबद्ध गराउने उद्देश्य लिइएको आयोजकले जनाएका छन्।
कार्यक्रमबारे थप जानकारीका लागि आयोजकलाई 510-520-8484 मा फोन वा info@nancusa.org इमेलमार्फत सम्पर्क गर्न सकिन्छ। थप जानकारीको लागि www.nancusa.org वेबसाइट पनि अवलोकन गर्न सकिनेछ।
नेपाली संस्कृति, परम्परा र समृद्धि झल्किने यस भव्य मेलाले विदेशमा रहेका नेपालीहरूलाई आपसी सम्बन्ध मजबुत पार्न सहयोग पुर्याउनेछ।