सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? — OSNepal

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

LC (KTM) April 11, 2025 0

काठमाडौँ, २९ चैतः नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा रु तीन हजार ९०० ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु रु एक लाख ८१ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख ८५ हजार कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

साथै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला रु एक हजार ९०० मा कारोबार भएको चाँदी आज रु पाँचले बढेर रु एक हजार ९०५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर