काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्म्स् प्रालिले नयाँ नेपाली चलचित्र ‘मातृभूमि’ निर्माण गर्ने घोषणा गरेको छ। फिल्मकी निर्माता कविता राई लिङ्देन हुन् भने लेखन तथा निर्देशनको जिम्मेवारी दिनेश लिङ्देनले सम्हाल्ने भएका छन्।
फिल्म ‘मातृभूमि’ मा सन्जीब थेबे, सोनिया शर्मा, भीमबहादुर मगर, लक्ष्मी योङहाङ, भरत मल्ल, राजकुमार लिङदेन, सुमन थाम्सुहाङ, केशवराम राई, साङ्मु शेर्पा, रोहित रुम्बा, नरेशकुमार मेन्याङबो, चुङलामु शेर्पा, कुमबहादुर घर्ति, निस्मा जिमी, सुर्य सिम्खडा र शम्भु फोम्बो लगायतका कलाकारको अभिनय रहनेछ।
निर्देशक लिङ्देनका अनुसार फिल्म नेपालको विविध जातजाति, संस्कार र संस्कृतिमा आधारित रहनेछ, जसले सांस्कृतिक विविधतालाई उजागर गर्नेछ। फिल्मको छायांकन काठमाडौं, नेपालको पूर्वी जिल्लाहरू र केही अंश अमेरिकामा हुने बताइएको छ।
नरेशकुमार मेन्याङबो प्रस्तुतकर्ता रहेको फिल्ममा भीमबहादुर मगर कार्यकारी निर्माता र वसन्त थेवे सह-निर्माता छन्। फिल्मको द्वन्द्व निर्देशन पुन्य ओझा र बाबु तामाङले गर्नेछन् भने जनक कार्कीको नृत्य निर्देशन, सम्राट कार्कीको छायांकन, दीपक तामाङको मुख्य सहायक निर्देशन र छेदा शेर्पाको प्राविधिक निर्देशन रहनेछ।
फिल्मको निर्माण व्यवस्थापन दावा रिन्जिङ शेर्पाले सम्हाल्नेछन् भने अन्तर्राष्ट्रिय व्यवस्थापन नवराज केसीको रहनेछ।
फिल्म ‘मातृभूमि’ ले नेपाली समाजको सांस्कृतिक र भौगोलिक विविधतालाई पर्दामा उतार्ने प्रयास गर्नेछ।