काठमाडौंमा ‘कर्मा’ प्रदर्शन सुरु, एक्सन, ड्रामा र सस्पेन्सको नयाँ स्वाद — OSNepal

काठमाडौंमा ‘कर्मा’ प्रदर्शन सुरु, एक्सन, ड्रामा र सस्पेन्सको नयाँ स्वाद

Kesh Karki (USA) April 11, 2025 0

काठमाडौं । नेपाली सिनेमाप्रेमीहरूका लागि नयाँ वर्ष २०८२ को सुरुवात सँगै एक्सन–ड्रामा भरिएको चलचित्र ‘कर्मा’ आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ।

‘अगस्त्यः च्याप्टर १’ जस्तो चर्चित फिल्म निर्देशन गरिसकेका निर्देशक सौरभ चौधरीको निर्देशनमा बनेको चलचित्र ‘कर्मा’ देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आएको हो। काठमाडौंदेखि मोफसलसम्म करिब १५० शोमा प्रदर्शन भइरहेको यस चलचित्रले दर्शकलाई एक्सन, ड्रामा र सस्पेन्सको संयोजनमार्फत मनोरञ्जन दिने लक्ष्य राखेको छ।

चलचित्रमा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको दमदार अभिनय रहेको छ। चलचित्रको कथा निर्देशक चौधरी आफैले लेखेका हुन्।

संगीत निर्देशन भाष्कर स्वाँरले गरेका छन् भने कोरियोग्राफी कविराज गहतराज, द्वन्द्व निर्देशन श्री श्रेष्ठ र सम्पादन निमेष श्रेष्ठको रहेको छ। चलचित्रको भिएफएक्स समीर मिया, पृष्ठभूमि संगीत उत्तम न्यौपाने, टिजर-ट्रेलर शाहिल खान, पब्लिसिटी डिजाइन विजय बश्याल र कलर ग्रेडिङ राजेन्द्र मोक्तानले सम्हालेका छन्।

आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ भने तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्।

निर्माण टिमले चलचित्रप्रति दर्शक र समीक्षकको सकारात्मक प्रतिक्रिया आउने अपेक्षा राखेको छ। नेपाली एक्सन सिनेमामा नयाँ स्वाद ल्याउने विश्वाससहित ‘कर्मा’ प्रदर्शनमा आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर