विश्वभरका नेपालीलाई एकसाथ जोड्ने जय नेपाल फाउन्डेसनको नयाँ वर्ष भर्चुअल कार्यक्रम — OSNepal

विश्वभरका नेपालीलाई एकसाथ जोड्ने जय नेपाल फाउन्डेसनको नयाँ वर्ष भर्चुअल कार्यक्रम

Kesh Karki (USA) April 11, 2025 0

नयाँ वर्ष २०८२ को अवसरमा जय नेपाल इन्टरनेशनल फाउन्डेसनले विश्वभरका नेपालीहरूलाई एकत्रित गर्ने उद्देश्यसहित भर्चुअल शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्न लागेको छ।

अप्रिल १२, २०२५ (चैत्र ३०, २०८१) मा हुने उक्त भर्चुअल कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्। साथमा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउद र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले विशिष्ट अतिथिका रूपमा कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

कार्यक्रम जय नेपाल इन्टरनेशनल फाउन्डेसनको ग्लोबल युथ नेटवर्कद्वारा आयोजित हो। फाउन्डेसनका अध्यक्ष मदनराज पौडेलका अनुसार, विश्वभर फैलिएका नेपालीहरूलाई एकसाथ जोड्ने प्रयासस्वरूप यो कार्यक्रमको आयोजना गरिएको हो।

फाउन्डेसनले मानवअधिकार, वाक स्वतन्त्रता र प्रजातान्त्रिक मूल्यमा विश्वास गर्नेहरूको सञ्जाल निर्माण गर्दै आएको छ। यस अन्तर्गत ग्लोबल युथ नेटवर्क, ग्लोबल विमन नेटवर्क, ग्लोबल मिडिया नेटवर्क, ग्लोबल नलेज नेटवर्क र ग्लोबल स्पोर्ट नेटवर्कमार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

फाउन्डेसनका प्रवक्ता लाल प्रसाद काफ्लेका अनुसार अमेरिका र अन्य देशहरूमा गरी ३८ च्याप्टर घोषणा भइसकेका छन्।

फाउन्डेसनका अध्यक्ष डा. यादव पण्डितले कार्यक्रमको जुम वेबिनारमार्फत सहभागी हुन सबै नेपालीहरूलाई अनुरोध गरेका छन्।

कार्यक्रम विवरणः

• मिति: चैत्र ३०, २०८१ (शनिवार)

• समय: नेपाली समय साँझ ६ः०० बजे

• जुम आइडी: 988 2870 6656

• पासकोड: 2025

अन्य देशका समयहरू:

• न्युयोर्क: बिहान ८ः१५

• टेक्सस: बिहान ७ः१५

• क्यालिफोर्निया: बिहान ५ः१५

• बेलायत: दिउँसो १ः१५

कार्यक्रममार्फत विश्वभरिका नेपालीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै नयाँ वर्षको शुभकामना आदान–प्रदान गर्ने अवसर प्रदान गरिने फाउन्डेसनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर