हङकङवासी नेपालीलाई ईसाराले हसाउँदै – नयाँ वर्षको अवसरमा विशेष प्रस्तुती — OSNepal

हङकङवासी नेपालीलाई ईसाराले हसाउँदै – नयाँ वर्षको अवसरमा विशेष प्रस्तुती

Kesh Karki (USA) April 11, 2025 0

हास्य कलाकार गणेश इसारा फेरि एकपटक हङकङ जाँदैछन्। समाजसेवा र कलालाई समर्पित इसारा आगामी अप्रिल १९, २०२५ (२०७२ वैशाख ६) मा हङकङको जोर्डनस्थित ‘बगैंचा एण्ड रेष्टुरेण्ट एण्ड बार’ मा विशेष सांगीतिक प्रस्तुती दिने भएका छन्।

नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजना गरिने कार्यक्रममा हङकङवासी नेपालीबीच शुभकामना आदान–प्रदान तथा कलाकार इसारासँग प्रत्यक्ष भेटघाट पनि हुनेछ।

कार्यक्रम विशिष्ट समाजसेवी तथा सफल उद्यमी धिराजकुमार साम्पाङ राईको मुख्य प्रायोजनमा हुन लागेको हो। कार्यक्रमलाई भव्य बनाउने जिम्मा विक्रम राई, बालिका राई, दिपेन्द्र इसारा राई, मिना राई, बिमल ज्ञवाली, मिना रुम्बा र सिताराम राईले लिएका छन्।

कलाकार गणेश इसारा सामाजिक सेवामा समेत उत्तिकै सक्रिय छन्। उनले कलाबाट कमाएको आम्दानी दीन–दुखी, बिरामी, अपाङ्ग र विपन्न नागरिकको सेवामा खर्च गर्ने गर्छन्।

हास्य व्यङ्ग्य, समसामयिक क्यारिकेचर र संवेदनशील कथावस्तुका माध्यमबाट दर्शकको मन जित्दै आएका इसारालाई हङकङवासी नेपालीहरुले अत्यन्तै रुचाउने गरेका छन्। यसै कारण उनले हरेक वर्ष ३–४ पटकसम्म हङकङमा प्रस्तुती दिने गरेका छन्।

हाल इसारा उदय सुब्बा निर्देशित टेलिसिरियल ‘द पर्नेको’ नायकको भूमिकामा पनि देखिँदै छन्।

कलाकारितामा पृथक पहिचान बनाएका इसाराले यसपटक पनि हङकङवासी नेपालीलाई हँसाउने मात्र होइन, आफन्तझैँ न्यानो माया बाँड्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर