भेट्रान्स कप रनिङ शिल्ड फुटबलको उपाधि हेटौँडालाई — OSNepal

भेट्रान्स कप रनिङ शिल्ड फुटबलको उपाधि हेटौँडालाई

LC (KTM) April 11, 2025 0

कास्की- ‘आपसी सद्भाव, स्वास्थ्य र भाइचाराका लागि फुटबल’ भन्ने नारासहित पोखरामा सञ्चालन भएको तेस्रो संस्करणको ४५ वर्ष उमेर समूहमाथिको ‘एट ए साइड भेट्रान्स कप रनिङ शिल्ड’ फुटबल प्रतियोगिताको उपाधि हेटौँडा भेट्रान्सले जितेको छ ।

अमरसिंह ब्वाइज क्लबले आयोजनामा पोखरा रङ्गशालामा भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा हेटौँडा भेट्रान्सले रूपन्देही ११ लाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो । खेलको पहिलो हाफको १९औँ मिनेटमा हेटौँडाका उमल मोक्तानले पहिलो गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । त्यसैगरी, दोस्रो हाफको २७औँ मिनेटमा अटल बर्माले दोस्रो गोल गर्दै हेटौँडाको उपाधि सुनिश्चित गराएका थिए ।

च्याम्पियन बनेको हेटौँडाले उपाधिसहित नगद रु एक लाख ५५ हजार ५५५, शिल्ड, मेडल र प्राप्त गरेको छ । त्यसैगरी उपविजेता रूपन्देहीले नगद रु ७७ हजार ७७७, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हटौँडाका उदय गुरुङले हात पारे । गुरुङले नगद रु १० हजार प्राप्त गरे । प्रतियोगिताका विजेताहरूलाई गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ, एबिसी क्लबका अध्यक्ष राजेश गुरुङ, गण्डकी प्रदेश फुटबल सङ्घका महासचिव विनोद गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा देशका विभिन्न स्थानबाट गरी ११ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेको क्लबका सचिव विजय घिमिरेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर