पत्रकार रजकको परिवारलाई न्याय दिलाउन माओवादीले पहल गर्ने — OSNepal

पत्रकार रजकको परिवारलाई न्याय दिलाउन माओवादीले पहल गर्ने

LC (KTM) April 11, 2025 0

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का उपअध्यक्ष अग्निप्रसाद सापकोटाले दुर्गा प्रसाई समूहले गरेको आगजनीमा परी मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई न्याय दिन आफ्नो पार्टीले सरकारलाई दबाब दिइरहेको बताउनुभएको छ ।

बिहीबार ताहाचलस्थित रजकको घर पुगी उहाँले घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कारबाही गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराइरहेको बताउनुभयो ।

पीडित परिवारको साथमा माओवादी पार्टी रहेको उल्लेख गर्दै प्रवक्ता सापकोटाले परिवारले उठाएको मागमा आफूहरूको पनि समर्थन रहेको स्पष्ट पार्नुभयो । त्यसक्रममा रजकका परिवारजनले घटनाको सत्यतथ्य छानबिन, दोषीलाई कडा कारबाही, सुरेशलाई सहिद घोषणा र तीनकुनेमा उनको सालिक बनाउन पहल गर्न आग्रह गर्नुभएको थियो ।

विवादित मेडिकल व्यवसायी प्रसाईं नेतृत्वको पूर्वराजा ज्ञानेन्द्र शाह समर्थित भीडले यही चैत १५ गते तीनकुनेमा निजी घरमा गरेको तोडफोड र आगजनीमा परी प्रदर्शनको दृश्य छायाङ्कन गरिरहेका पत्रकार रजकको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर