काठमाण्डौं, टेकु — काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ। बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाइदिने बहानामा लामो समयसम्म झुक्याई सम्पर्कविहीन बनेका व्यक्तिहरूविरुद्ध परेको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनीहरू ठगीमा संलग्न रहेको पुष्टि भएपछि पक्राउ गरिएको हो।
पक्राउ परेका व्यक्तिहरूको विवरण यस प्रकार छ:
1. दिल्ली बहादुर के.सी. (४१ वर्ष)
– स्थायी ठेगाना: दर्मा गाउँपालिका–२, सल्यान
– हाल: काठमाण्डौं महानगरपालिका–१६, मैपी
– बिगो रकम: रु. ११,४५,०००।–
– पीडित संख्या: ४ जना
– पक्राउ मिति: २०८१/१२/२७
– पक्राउ स्थान: काठमाण्डौं महानगरपालिका–२६
– पठाइएको कार्यालय: वैदेशिक रोजगार विभाग, ताहाचल
2. चन्द्र माया गुरुङ (३६ वर्ष)
– स्थायी ठेगाना: राईनस नगरपालिका–१०, लम्जुङ
– हाल: काठमाण्डौं महानगरपालिका–३
– बिगो रकम: रु. १,५०,०००।–
– पीडित संख्या: १ जना
– पक्राउ मिति: २०८१/१२/२७
– पक्राउ स्थान: काठमाण्डौं महानगरपालिका–१०
– पठाइएको कार्यालय: वैदेशिक रोजगार विभाग, ताहाचल
3. कुशल भन्ने अनुरोध रिजाल (२६ वर्ष)
– स्थायी ठेगाना: रघुगंगा गाउँपालिका–२, म्याग्दी
– हाल: काठमाण्डौं महानगरपालिका–२८
– बिगो रकम: रु. २,००,०००।–
– पीडित संख्या: १ जना
– पक्राउ मिति: २०८१/१२/२७
– पक्राउ स्थान: काठमाण्डौं महानगरपालिका–३२
– पठाइएको कार्यालय: जिल्ला प्रहरी परिसर, भद्रकाली
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जि.सी. ले ठगीमा संलग्नहरुलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको जानकारी दिएका छन्।
सम्पर्क:
प्रहरी उपरीक्षक अंगुर जि.सी.
मोबाइल: ९८५१२८००१३