काठमाण्डौं, टेकु — काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट फरार अभियुक्त यक्षध्वज कार्कीलाई पक्राउ गरिएको छ।
वादी बिनोद कुमार महतो र प्रतिवादी यक्षध्वज कार्कीबीचको लेनदेन बिगोसम्बन्धी मुद्दामा काठमाण्डौं जिल्ला अदालतले २०७९ साल असार २८ गते कार्कीलाई बिगो रकम रू. १६,२८,५००।– (सोह्र लाख अठ्ठाईस हजार पाँच सय) तिराउने तथा १ वर्ष कैद सजाय हुने फैसला गरेको थियो। फैसला पश्चात फरार रहेका कार्कीलाई मिति २०८१ साल चैत २८ गते दिउँसो २ बजे काठमाण्डौं महानगरपालिका–३२, नयाँबानेश्वरबाट पक्राउ गरिएको हो।
पक्राउ परेका ६९ वर्षीय यक्षध्वज कार्की दोलखा जिल्ला, गौरीशंकर गाउँपालिका वडा नं. ८ स्थायी बासिन्दा हुन्। हाल उनी काठमाण्डौं महानगरपालिका वडा नं. ३२ मा बसोबास गर्दै आएका थिए।
पक्राउ पश्चात उनलाई फैसला कार्यान्वयनका लागि काठमाण्डौं जिल्ला अदालत, बबरमहल पठाइएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जि.सी.ले जानकारी दिए।
सम्पर्क:
प्रहरी उपरीक्षक अंगुर जि.सी.
मोबाइल: ९८५१२८००१३