रामेछापमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, नौ घाइते — OSNepal

रामेछापमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, नौ घाइते

LC (KTM) April 10, 2025 0

मन्थली ( रामेछाप), २८ चैत : रामेछापमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा नौ जना घाइते भएका छन् ।

मन्थली नगरपालिका–३ ठाँटीमा बा १६ च ६४७६ नं को जिप आज दुर्घटना हुँदा स्थानीय ६२ वर्षीया कृष्णनारायण श्रेष्ठ र ११ वर्षीया भूमिका श्रेष्ठको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहका अनुसार स्थानीय शारदादेवी मन्दिरमा पुजा सकेर फर्कने क्रममा उक्त दुर्घटना भएको हो ।

घाइतेको मन्थलीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर