निरज र निरञ्जन चढेको मोटरसाइकल ललितपुरमा दुर्घटना हुँदा निरजको निधन — OSNepal

निरज र निरञ्जन चढेको मोटरसाइकल ललितपुरमा दुर्घटना हुँदा निरजको निधन

LC (KTM) August 07, 2021 0

ललितपुर- वाग्मती गाउँपालिका– ३ मास्खोलामा आज बिहान एक मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुवै व्यक्तिलाई पाटन अस्पताल ल्याएर उपचार गर्दै गर्दा एकको मृत्यु भएको छ ।

महानगरीय प्रहरीवृत्त चापागाउँका अनुसार मृत्यु हुनेमा कलङ्की घर भएका ४८ वर्षीय निरज खनाल छन् । एउटै साधनमा दुवै व्यक्ति कान्ति लोकपथ भएर हेटौँडा जाने क्रममा बा ४५ प ४९०६ नंको मोटरसाइकल निरन्तर वर्षाले सडक बिग्रेका कारण २०० मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएका अर्का व्यक्ति धोबीघाट घर भएका ४७ वर्षीय निरञ्जनसिंह हमालको भने अहिले पाटनमै उपचार भइरहेको प्रहरी निरीक्षक राजेन्द्र थापाले बताउनुभयो । बिहान दुर्घटना भएको सूचना पाएर घटनास्थल पुग्दा दुवै व्यक्ति घाइते भएकाले पाटन ल्याएर उपचार गर्ने क्रममा खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर