नेपाल सुपर लिग २०२५ : पोखरा थण्डर र धनगढी एफसीबीच गोलरहित बराबरी, सर्जियो बर्बोजा म्यान अफ द म्याच — OSNepal

नेपाल सुपर लिग २०२५ : पोखरा थण्डर र धनगढी एफसीबीच गोलरहित बराबरी, सर्जियो बर्बोजा म्यान अफ द म्याच

Kesh Karki (USA) April 10, 2025 0

काठमाडौं – नेपाल सुपर लिग २०२५ अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा पोखरा थण्डर एफसी र धनगढी एफसीबीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुंगिएको छ। साँझ ६ बजे सुरु भएको खेल ९० मिनेट नियमित समयसहित पहिलो हाफमा २ मिनेट र दोस्रो हाफमा ५ मिनेट अतिरिक्त समय थप गरिएको थियो। दुबै टोलीले गोलका अवसर सिर्जना गरे पनि गोल गर्न असफल रहेपछि खेल ०–० को बराबरीमा टुंगियो।

पोखरा थण्डरका गोलकिपर गिलियम प्रिसोको नेतृत्वमा समीर तामाङ, सुरज थापा, गौतम श्रेष्ठ, विलियम बियासी र स्टेफन समिर बिलोङ लगायतका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। अर्कोतर्फ, धनगढी एफसीका कप्तान वाहिद बिरोले ९०+४ मिनेटमा कार्ड पाए पनि उत्कृष्ट बचाउ गर्दै टोलीलाई बराबरीमा राख्न महत्वपूर्ण भूमिका खेले। धनगढी एफसीका सर्जियो बर्बोजाले प्रभावशाली खेल प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित भए भने पोखरा थण्डरका समीर तामाङले एनर्जेटिक प्लेयर अफ द म्याच को उपाधि पाए।

खेल हेर्न ३,७३० दर्शकको उपस्थिति रहेको थियो। मौसम खुल्ला रहँदा तापक्रम २६ डिग्री सेल्सियस मापन गरिएको थियो। पोखरा थण्डरको तर्फबाट मुख्य प्रशिक्षक सुमन श्रेष्ठ थिए भने धनगढी एफसीको नेतृत्व जुआन म्यानुअल मार्टिनेजले गरेका थिए। रेफ्री उमेश बिडारीको नेतृत्वमा सहायक रेफ्री हरीश कार्की र प्रकाश भुजेल तथा चौथो अफिसियल प्रज्वल क्षेत्री रहेका थिए। म्याच कमिश्नरको भूमिका जयोजी नरसिंह श्रेष्ठले सम्हालेका थिए।

जितको अपेक्षा राखेका दुबै टिम अंक बाँड्न बाध्य भएपनि, प्रतियोगितामा उनीहरूको प्रदर्शनले आगामी खेलप्रति उत्साह थपेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर