कविता
जि शाह
कोशिश गर, अवश्य हल निस्किन्छ,
आज नभए पनि भोलि निस्किन्छ।
अर्जुनको लक्ष्य राख, निशाना खोज,
मरुभूमिबाट पनि त पानी निस्किन्छ।
मेहनत गर, फूललाई पानी देऊ,
सुक्खामा पनि फेरि फल निस्किन्छ।
तागत जुटाउ, हिम्मतलाई आगो देऊ,
कमजोरको पनि फेरि बल निस्किन्छ।
शिरमा उम्मीदलाई जिउँदै राख्ने गर,
समुन्द्रबाट पनि त गंगाजल निस्किन्छ।
कोशिश गर्दै जाऊ, केही गर्दै जाऊ,
जे रोकेको छ अहिले, भइ निस्किन्छ।
कोशिश गर, अवश्य हल निस्किन्छ,
आज नभए पनि भोलि निस्किन्छ।
(पूर्व राजा ज्ञानेन्द्र शाहको साहित्यिक नाम जि शाह हो।)