अस्ट्रेलिया – लोकप्रिय गायिका श्रृंखला जोशीको नयाँ गीत ‘छैन हो छैन’ को लिरिकल भिडियो सार्वजनिक भएको छ। गीतमा चर्चित गायिका शशि रावलको शब्द र संगीत रहेको छ।
गायिका जोशीले उक्त भिडियो आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन्। हाल अस्ट्रेलियामा बसोबास गरिरहेकी उनले प्रवासमै रहेर पनि गीत–संगीतको क्षेत्रमा सक्रियता जारी राखेको बताएकी छिन्।
यसअघि उनले ‘सिड्नी झाने रेल’, ‘तिम्रो आवाज’ जस्ता गीतहरू सार्वजनिक गरिसकेकी छन्। देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी श्रृंखलाले दर्शक तथा श्रोताहरूले आफ्ना गीतहरूलाई पनि बाबाका जस्तै माया गरिदिने विश्वास व्यक्त गरेकी छन्।
नयाँ गीतको मधुर शब्द र सुमधुर संगीतले श्रोतामाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।